Thu, Sep 10, 2026
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ११ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २.७४ अंक बढेर २६७४.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन प्रि ओपन सेसनमा १०.७४ अंक बढेर २६८५.१० विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.२७ अंक बढेको छ।
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।