नेपालमा एकैदिन ५०० भन्दा धेरै कोरोना संक्रमित थपिए

Apr 12, 2021 05:31 PM Merolagani



नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार एकैदिन ५५९ जना कोरोना संक्रमित थपिएका छन् । कुल पाँच हजार १०५ परीक्षण भएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

संक्रमितसँगै मृत्यु हुने संक्रमितको संख्या पनि वृद्धि भएर १३ पुगेको छ । हालसम्म देशभरमा कुल तीन हजार ५३ जनाको संक्रमणका कारण निधन भइसकेको छ । पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या भने १३८ रहेको छ भने कुल दुई लाख ७४ हजार १६५ जनाले संक्रमण जितिसकेका छन् ।

संक्रमित हुनेहरुमा काठमाडौंका १५९ जना, भक्तपुरका ८ जना र ललितपुरका ४४ जना गरी उपत्यकाका कुल २११ जना रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबार ३०३ जनामा काेभिड १९ पुष्टि भएकाे थियाे । यस हिसाबले झण्डै दाेब्बरकाे संख्यामा यसदिन संक्रमितकाे संख्या वृद्धि भएकाे हाे । 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।