कोरोना बीमाको दाबी भुक्तानी करिब ६ अर्ब पुग्यो, ६६६ दाबी बापतकाे भुक्तानी नहुने

Apr 13, 2021 10:39 AM Merolagani



बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी ६ अर्ब नजिक पुगेको जनाएको छ। समितिको तथ्यांक अनुसार चैत ३० गते सोमबारसम्ममा कोरोना बीमा बापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको छ।

त्यस अवधिमा ६० हजार ५८७ वटा दाबी बापत सो बराबरको रकम भुक्तानी भएको हो।

सोमबारसम्ममा आवश्यक कागजपत्र पुरा भएका ९१ हजार ६७३ वटा दाबी भुक्तानीका फाइलहरु प्राप्त भएको छ भने ४३८ वटा फाइलहरु स्वीकृतिको लागि प्रकृयामा रहेका छन्।

भेरिफिकेशनको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा १८ हजार ८५९ वटा फाइलहरु पेन्डिङ्ग छन्। यस्तै ५ हजार ४३६ वटा फाइलहरु महाशाखाबाट स्वीकृत भएर पुलमा पेन्डिङ्गमा रहेका छन्।

थप १ हजार ९८९ वटा दाबीका फाइल महाशाखामा पठाउन तयार रहेको समितिले जनाएको छ।

दाबी भुक्तानीका लागि आवश्यक कागजपत्र पुरा नभएपछि १ हजार ९८९ वटा फाइलहरु भने फेरी कम्पनीमा फिर्ता पठाएका छन्।

हालसम्म ६६६ वटा दाबीको भुक्तानी नहुने समितिले जनाएको छ। उनीहरुले दोहोरो दाबी तथा फेक क्लेमको कारण भुक्तानी नपाउने भएको हो।

कोरोना बीमामा दोहोरो दाबी पर्ने भएकोले पनि भेरिफिकेशन गर्न तथा दोहोरो भुक्तानी नियन्त्रण गर्न समय लागेको समितिले बताउँदै आएको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।