ईसेवामा २६५ जनालाई रोजगारीको अबसर

Apr 13, 2021 03:28 PM Merolagani



भुक्तानी सेवा प्रदायक ईसेवाले २६५ कर्मचारी माग गरेको छ । देशका विभिन्न ठाउँमा बजार प्रतिनिधि पदमा काम गर्न कम्पनीले कर्मचारीले माग गरेको हो ।

यसअन्तर्गत काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लाहान, राजविराज, दाङ, सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम गर्न कर्मचारी माग गरिएको हो ।

एसईई एसएलसी उत्तीर्ण व्यक्तिहरुले विज्ञापन प्रकाशित भएको १० दिनभित्र आफ्नो बायोडेटासहित यो ईमेलमा दरखास्त पठाउन सकिन्छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।