ईसेवामा २६५ जनालाई रोजगारीको अबसर

Apr 13, 2021 03:28 PM Merolagani



भुक्तानी सेवा प्रदायक ईसेवाले २६५ कर्मचारी माग गरेको छ । देशका विभिन्न ठाउँमा बजार प्रतिनिधि पदमा काम गर्न कम्पनीले कर्मचारीले माग गरेको हो ।

यसअन्तर्गत काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लाहान, राजविराज, दाङ, सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम गर्न कर्मचारी माग गरिएको हो ।

एसईई एसएलसी उत्तीर्ण व्यक्तिहरुले विज्ञापन प्रकाशित भएको १० दिनभित्र आफ्नो बायोडेटासहित यो ईमेलमा दरखास्त पठाउन सकिन्छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।