प्रि ओपन सेसन अपडेटः साढे २० अंक बढ्यो नेप्से

Apr 15, 2021 10:52 AM Merolagani



वि.सं. २०७८ को पहिलो कारोबार दिन, प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २० अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार, २३.२३ अंक बढेर २७१४.७९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २०.६१ अंक बढेर २७३५.४० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५० अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५२ कम्पनीको ७१ लाख ७९ हजार ७६५ रुपैयाँ बराबरको १२ हजार ११३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३९ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।