कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयको ८ बुंदे अपिल

Apr 15, 2021 06:50 PM Merolagani



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण बढ्न थालेपछि सचेत हुन आग्रह गरेको छ । बिहीबार बसेको सचिव स्तरीयको बैठकले कोरोना संक्रमणको प्रभाव चुनौति पूर्ण रहेको निणर्य गर्दै सराेकारवालाहरूमा ८ बुदे अपिल गरेको हो ।

बैठकले सबै नागरिकहरुमा कोभिड १९ को संक्रमण्बाबाट जोगिन संवेदनशील बनेर जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ पालना गर्न अपिल गरेको छ ।

यस्तै अति प्रभावित काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दांङ, सुर्खेत, बारा, बाग्लुङ्गमा बढी भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरु बन्द गर्न अपिल गरेको छ । विद्यालय, रात्री व्यवसायहरु, रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पुजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक जस्ता कार्यक्रमहरुमा सहभागि नहुन पनि आग्रह गरेको छ ।

मन्त्रालयले होटलमा बसोबास गर्ने विदेशी नागरिकहरुलाई पीसीआर जतिजा नेगेटिभ आएको अवस्थामा मात्रै राख्न आग्रह गरेको छ ।

नियमित रुपमा अस्पतालहरुमा सेवा लिन आइरहेका सेवाग्राहिहरुलाई कोभिड १९ संक्रमण पुष्टि भएको आधारमा मात्रै अन्य अस्पतालहरुमा पठाउने गरेर अनावश्यक दुःख हुने काम नगर्न पनि अपिल गरेको छ ।

यस्तै सबै सरकारी अस्पतालहरुले कम्तीमा ५० प्रतिशत बेडहरु कोभिड १९ संक्रकितलाई व्यवस्थापन गर्न छुट्याएर तोकिए अनुसार निशुल्क सेवा प्रदान गर्न अपिल गरेको छ । नीजि प्रयोगशाला तथा अस्पतालहरुले कोभिड १९ को परीक्षण तथा उपचारको लागि तोकिको शुल्कमा उपचार गर्न आग्रह गरेको छ ।

यसैगरी बालबालिका, गर्भवति, सुत्केरी महिला, अपाँगता भएका व्यक्तिहरु, जेष्ठ नागरिकहरुको कोभिड १९ परीक्षण तथा उपचारमा उच्च प्राथमिकता दिन आग्रह गरेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।