फर्स्ट माइक्रोफाइनान्सले प्रकाशित गर्यो तेस्रो त्रैमासिक वित्तीय विवरण, वित्तीय अवस्था कस्तो?

Apr 16, 2021 06:09 AM Merolagani



फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १३ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको सापटी ५७ प्रतिशत बढेको छ भने कर्जा लगानी ४८ प्रतिशत बढेको छ।
८७ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ९ प्रतिशत बढेको छ भने जगेडा कोष २१ प्रतिशत बढेको छ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो आम्दानी ४६ पैसा बढेको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ २ रुपैयाँ ४३ पैसा बढेको छ। समीक्षा अवधिमा लघुवित्तको मूल्य आम्दानी अनुपात ५९.३९ गुणा रहेको छ।

लघुवित्तको निष्क्रिय कर्जा भने शून्य रहेको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।