लुम्बिनी जनरल इन्स्योरेन्सका लाभांश घोषणा

Apr 16, 2021 10:49 AM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको बैशाख २ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।