बैशाख १३ गतेदेखि एनआईबिएल समृद्धि फण्ड २ निष्काशन गर्दै एनआईबिएल एस क्यापिटल

Apr 18, 2021 06:44 AM Merolagani



एनआईबिएल एस क्यापिटलले बैशाख १३ गतेदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल समृद्धि फण्ड २ का इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

क्यापिटलले यस योजना अन्तर्गत प्रति इकाई १० अंकित मूल्यका १२ करोड इकाईमध्ये बीज पूँजीबापत १० लाख इकाई योजना व्यवस्थापकका लागि तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ९ करोड ६० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा बैशाख १६ गते हुनेछ भने ढिलोमा बैशाख २७ गते हुनेछ।

एनआईबिएल समृद्धि फण्ड २ एक बन्दमूखी योजना हो। यसको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ। यस योजनाको इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा तथा सि आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।