नागरिक लगानी कोषको हकप्रद सहित चार कम्पनीको शेयर नेप्सेमा सूचीकृत

Apr 18, 2021 03:12 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोष (CIT) को हकप्रद सहित चार कम्पनीको करिब ४ करोड कित्ता शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा ३ करोड ९३ लाख ६१ हजार ५८८ कित्ता शेयर सूचीकृत भएको हो ।

नागरिक लगानी कोषको हकप्रद,नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस, गरिमा विकास बैंक बोनस र साना किसान लघुवित्त वित्तिय संस्थाको हकप्रद र बोनस शेयर गरी सो बराबरको शेयर सूचीकृत भएको हो ।

नेप्सेमा नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ६९२.७३ कित्ता शेयर सूचीकृत भएको छ । कोषले शेयरधनीलाई वितरण गरेको ८२.८४ प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

नेपाल इनभेष्टमेन्ट बैंक (NIB) को पनि १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै गरिमा विकास बैंक (GBBL) को ४३ लाख ७२ हजार २३०.७३ कित्ता शेयर सूचीकृत भएको छ । गरिमाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १३.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

किसान लघुवित्त वितीय संस्था (SKBBL) को २५ लाख ५७३.६४ कित्ता बोनस शेयर र १२ हजार ४४२ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै यस अघि सूचीकृत हुन बाँकी रहेको हकप्रद शेयर पनि नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत उक्त शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि कारोबार गर्न सकिनेछ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।