कालिका लघुवित्तको खुद नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

Apr 19, 2021 06:44 AM Merolagani



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ करोड ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार ३६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीसँगै उल्लेख्य खराब कर्जा उठाउन सफल भएसँगै लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८९.१९ प्रतिशत बढेको छ। त्यसैगरी, गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६३ लाख ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७२ लाख ८३ हजार रुपैयाँ धनात्मक भएको छ। चैत मसान्तसम्ममा लघुवित्तले ८ करोड ८१ लाख रुपैयाँ राइट व्याक गरेको छ। जसका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार भएको हो।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष २१.०३ प्रतिशत बढेको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ४१ करोड ६७ लाख रुपैयाँ सापटी र १ अर्ब २० करोड ३५ लाख रुपैयाँ निक्षेपबाट २ अर्ब ९९ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१.७३ रुपैयाँ बढेको छ। लघुवित्तको निष्क्रिय कर्जा १.६८ प्रतिशतविन्दु बढेर ४.७४ प्रतिशत पुगेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।