वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय पूर्णरुपमा बन्द

Apr 19, 2021 11:05 AM Merolagani



सरकारले शहरी क्षेत्रका विद्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९) प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालयहरु बन्द भएपनि अनलाइनको माध्यमबाट पढाइ हुने छन् । गत केहिदिन अघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडाैं उपत्यकाका विद्यालय कोरोनाको उच्च जोखिममा रहेको भन्दै बन्द गर्न सिफारिस गरेको थियो ।

काठमाडौं उपत्यका सहित,ललितपुर,कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई कोरोनाको उच्च जोखिमा राखिएको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।