बुक बिल्डिङमा आवेदन दिन थप ९ संस्थागत लगानीकर्ता योग्य

Apr 19, 2021 11:53 AM Merolagani



बुक बिल्डिङमा आवेदन दिन थप ९ संस्थागत लगानीकर्ता योग्य देखिएका छन् । बोर्डले थप ९ संस्थागत लगानीकर्तालाई बुक बिल्डिङमा सहभागी हुन योग्य देखिएको जनाएको हो ।

बोर्डले यसअघि चैत २५ गते थप १० संस्थागत लगानीकर्तालाई अनुमति पुगेपछि ७४ पुगेको थियो । बोर्ड बैशाख ३ गते थप ९ वटा संस्थागत लगानीकर्तालाई अनुमति प्रदान गरेको हो ।

योसंगै बुक बिल्डिङमा आवेदन दिनको लागि अनुमति प्राप्त योग्य संस्थागत लागनीकर्ताको संख्या ८३ पुगेको छ ।

योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन, भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सु-सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गरी प्रारम्भिक सार्वजनिक मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।