सुनको मूल्य निरन्तर वृद्धि, चाँदीको भाउ भने लगातार दोश्रो दिन स्थिर

Apr 19, 2021 11:46 AM Merolagani



वैशाख लागेयता सुनको मूल्य निरन्तर बढेको छ । वैशाख ६ गते, सोमबार सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएको हो ।

यस दिन छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा किनबेच हुँदैछ ।

अघिल्लो कारोबार दिन पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ भने लगातार दोश्रो दिन स्थिर रहेको छ । महासंघले जनाए अनुसार सोमबार पनि चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।