सुनको मूल्य निरन्तर वृद्धि, चाँदीको भाउ भने लगातार दोश्रो दिन स्थिर

Apr 19, 2021 11:46 AM Merolagani



वैशाख लागेयता सुनको मूल्य निरन्तर बढेको छ । वैशाख ६ गते, सोमबार सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएको हो ।

यस दिन छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा किनबेच हुँदैछ ।

अघिल्लो कारोबार दिन पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ भने लगातार दोश्रो दिन स्थिर रहेको छ । महासंघले जनाए अनुसार सोमबार पनि चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।