अर्थ मन्त्रालय र गैरआवसिय नेपाली संघको संयुक्त आयोजनामा भएको एनआरएन डेभलपमेन्ट फण्डको बारेमा भएको पत्रकार सम्मलेनमा उक्त आग्रह गरेका हुन् ।
नेपालमा लगानीको वातावरण भएको दाबी गर्दै उनले पूँजीसँगै विदेशको सिप र प्रविधि भित्राउन पनि जोड दिएका हुन् । अर्थमन्त्री पौडेलले सिके राउत र विप्लप जस्तो व्यक्तिहरु शन्तिपुर्ण राजनीतिमा आइसकेकोले नेपालमा लगानीको लागि जोखिम नभएको बताए ।
उक्त फण्ड नेपालको उद्यम व्यवसाय, यातायात, पूर्वाधार आदि क्षेत्रमा लगानी गर्नु पर्नेमा अर्थमन्त्री पाैडेलले जोड दिए ।
१० अर्ब रुपैयाँको कोष बनाएर विभिन्न क्षेत्रमा लगानी गरिने भएकाे छ । त्यसमा सरकारको ५० करोड रुपैयाँ रहनेछ ।
गैरआवसिय नेपालीलाई लक्षित गरी छिटै आईपीओ निष्काशन गर्ने पनि जनाइएको छ ।