सांग्रीला डेभलपमेन्ट बैंकद्वारा कर्मचारीहरुको २ दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम सम्पन्न

Apr 20, 2021 06:19 PM Merolagani



सांग्रीला डेभलपमेन्ट बैंकले (SADBL) आफ्ना कर्मचारीकालागि २ दिने अभिमुखीकरण तथा बैंकिङ तालिम प्रदान गरेको छ । बैशाख ५ र ६ गते बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरुलाई त्यस्तो तालिम प्रदान गरिएको हो ।

कर्मचारीहरुलाई बैंकसम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको बैंकले जनाएको छ । काठमाडौंकोे बालवाटारमा सो कार्यक्रम संचालन गरिएको थियो ।

तालिमको समापनमा तालिमका सहभागीहरुलाई प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए ।

बैंककाे मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएम रहेको छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।