सांग्रीला डेभलपमेन्ट बैंकद्वारा कर्मचारीहरुको २ दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम सम्पन्न

Apr 20, 2021 06:19 PM Merolagani



सांग्रीला डेभलपमेन्ट बैंकले (SADBL) आफ्ना कर्मचारीकालागि २ दिने अभिमुखीकरण तथा बैंकिङ तालिम प्रदान गरेको छ । बैशाख ५ र ६ गते बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरुलाई त्यस्तो तालिम प्रदान गरिएको हो ।

कर्मचारीहरुलाई बैंकसम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको बैंकले जनाएको छ । काठमाडौंकोे बालवाटारमा सो कार्यक्रम संचालन गरिएको थियो ।

तालिमको समापनमा तालिमका सहभागीहरुलाई प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए ।

बैंककाे मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएम रहेको छ ।

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।