खर्च नियन्त्रण गर्न नसक्दा रिडी हाइड्रोपावरको खुद नाफा घट्यो

Apr 25, 2021 05:31 AM Merolagani



रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.६८ प्रतिशत कम हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १०१.०६ प्रतिशत बढेको छ भने जम्मा सञ्चालन खर्च ३०९.०६ प्रतिशत बढेको छ। जसले गर्दा आम्दानी बढेपनि नाफा घट्न पुगेको हो।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८७ पैसा रहेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५ पैसा कम हो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.५७ गुणा रहेको छ।




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।