हालै मात्र आईपीओ निष्काशन गरेको ज्योति लाइफको वित्तीय अवस्था कस्तो?

Apr 26, 2021 06:22 AM Merolagani

हालै मात्र सर्वसाधारणमा आईपीओ निष्काशन गरी दोस्रो बजारमा कारोबार शुरु गरेको ज्योति लाइफ इन्स्योरेन्स (JLI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा ४.८९ प्रतिशत बढेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

चैत मसान्तसम्ममा इन्स्योरेन्सले २ अर्ब २१ करोड ८ लाख रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.९७ प्रतिशत बढी हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी ४२.८६ प्रतिशत बढेको छ भने जगेडा कोष ६०.५८ प्रतिशत, बीमा कोष १४८.९५ प्रतिशत र महाविपत्ती कोष ६०.५८ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा इन्स्योरेन्सले बीमालेख धितोबापत ४४ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको ८३ हजार १६७ बीमालेखबापत ५ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। त्यसैगरी, सो अवधिसम्ममा इन्स्योरेन्सले २२८ दाबी बापत १० करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ।

सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७०.२२ गुणा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ३३ पैसा रहेको छ।

comments powered by Disqus