एनआईसी एशियाको खुद नाफा ३ अर्बभन्दा बढी, प्रतिशेयर आम्दानी कति?

Apr 28, 2021 06:27 AM Merolagani



एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा ३ अर्बभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०७ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.२३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी भने ३०.९४ प्रतिशत घटेको छ। बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २१.९७ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २२ करोड ६ लाख रुपैयाँ पुगेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १९ पैसा बढेर ३४ रुपैयाँ ८७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७.८२ गुणा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १९ प्रतिशत बढेको छ भने जगेडा कोष १५.२० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ३६.५५ प्रतिशत र कर्जा ५४.६० प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.२८ प्रतिशतविन्दु घटेर ०.४७ प्रतिशतमा झरेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।