ब्याज आम्दानी घट्दा पनि बैंक अफ काठमाण्डूको नाफामा उल्लेख्य सुधार, यस्ता छन अन्य सूचक

Apr 28, 2021 11:39 AM Merolagani

बैंक अफ काठमाण्डू (BOKL) ले खुद ब्याज आम्दानी घट्दा पनि नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३३ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ८७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन ३३.८७ प्रतिशतले धेरै हो।

बैंकको खुद ब्याज आम्दानी घट्दा पनि अन्य स्रोतमार्फ हुने आम्दानीले बैंकको नाफा बढ्न सहयोग पुगेको हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १८ प्रतिशतले घटेर २ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा ३५ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा भने ९ करोड रुपैयाँले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ८५ करोड रुपैयाँ पुगेको छ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ४ प्रतिशतभन्दा धेरैले बढेको छ। कर्जा लगानी पनि २२ प्रतिशतले बढेको छ।

हाल ९ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ५ अर्ब ४१ करोड रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी पनि १३ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।