निषेधाज्ञामा सेवा प्रवाह सहज बनाउन सांग्रिला बैंकले ताेक्याे सम्पर्क व्यक्ति

May 01, 2021 05:34 PM Merolagani



निषेधाज्ञामा सेवाग्राहीहरुले सहज सेवा उपलब्ध गराउन सांग्रिला डेभलपमेन्ट बैंकले (SADBL) विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ । निषेधाज्ञामा ग्राहकहरुले आधारभूत बैंकिङ सेवा लिन कठिनाई नहोस् भनेर सहजीकरणका लागि विभिन्न क्षेत्रमा समन्वयकर्ताहरु तोकिएको बैंकले जनाएको छ ।

जसअनुसार बैंकले काठमाडौं उपत्यका र प्रदेशस्तरमा पनि समन्वयकर्ता छनौट गरी उनीहरुको नाम र सम्पर्क नम्बरको सूची नै सार्वजनिक गगरेको हो ।

बैंकले काठमाडौं उपत्यकाका लागि विभिन्न शाखामा १९ जना सम्पर्क व्यक्ति तोकेको छ। यस्तै, प्रदेश नम्बर १ का लागि २ जना, प्रदेश नम्बर २ का लागि २ जना, भरतपुर क्षेत्रका लागि २ जना, मकवानपुर क्षेत्रका लागि एकजना, बुटवल क्षेत्रका लागि एकजना, बाग्लुङ क्षेत्रका लागि एकजना, नेपालगञ्ज क्षेत्रका लागि ३ जना, दाङ क्षेत्रका लागि एकजना, गोरखा क्षेत्रका लागि २ जना, कर्णाली प्रदेशका लागि एकजना, सुदुरपश्चिम क्षेत्रका लागि २ जना र पोखरा क्षेत्रका लागि २ जना सम्पर्क व्यक्ति तोकिएको छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।