नागरिक एपको फुल भर्सन सार्वजनिक, के के थपिए नयाँ फिचर ?

May 02, 2021 11:45 AM Merolagani



अफलाईन सेवालाई अनलाइन मार्फत सेवादिने उद्देश्यले सरकारले ल्याएको नागरिक एपको नयाँ तथा फुल भर्सन आज सार्वजनिक भएकाे छ। 

सरकारले आज मे २ अर्थात सूचना तथा सञ्चार प्रविधि (आईसीटी) दिवसको अवसरमा नयाँ फिचरका साथ नागरिक एप सार्वजनिक गरेको हो।

भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रम तथा नागरिक एपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। यस अघि गत माघमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ्ले नगारिक एपको वेटा भर्सन परीक्षणको क्रममा सार्वजनिक गरेका थिए।

के के थपिए फिचर ?

सरकारले सार्वजनिक गरेको नागरिक एपमा स्थायी लेखा नम्बर प्यान लिन सकिन्छ। त्यसैगरी पुलिस क्लियरेन्स रिपोर्टसमेत अनलाइन मार्फत लिन सकिने व्यवस्था गरिएको छ।

त्यस्तै नागरिक एप मार्फत नागरिक लगानी कोष, कर्मचारी संचयकोष, सामाजिक सुरक्षा कोष र प्यानको विवरण समेत हेर्न सकिन्छ। साथै स्वास्थ्य बीमा कार्यक्रम समेत नागरिक एप मार्फत नै सञ्चालित भई जोडिन सकिने जनाइएको छ।

नागरिक एप मार्फत नै हेलो सरकारबाट गुनासो टिपाउन सकिने सुविधा पनि दिइएको छ।

सरकारले आवश्यता अनुसार सरकारी सेवाहरुलाई अनलाइनमा रुपान्तरण गर्नेगरी नागरिक एपलाई अगाडी सारेको हो।

नागरिक एपको लागी आफ्नै नामको मोबाइल नम्बर आनिवार्य गरिएको छ।

अहिले नागरिकतामा भएको विवरण नागरिक एपमा नमिलेको भन्दै सेवाग्राहीले गुनासो समेत गरेको थिए। उपभोक्ताको सोहि गुनासोलाई सम्बोधन गर्ने गरी सरकारले नयाँ फिचर र सिस्टम सहित नागरिक एपलाई फुल भर्सनमा ल्याएको हाे।

त्यसैगरी शैक्षिक प्रमाणपत्रको विवरण समेत हेर्न सकिन्छ भने एपबाटै समस्याको समाधान गर्न सकिने सुविधा राखिएको छ । सवारी साधनको राजस्वपनि एपपनि नागरिक एपबाटै तिर्न सकिन्छ ।

जग्गाको स्थीति थाहा पाउन सकिन्छ भने जग्गा प्रिन्टसमेत गर्न सकिन्छ ।  त्यस्तै लोकसेवाको फारम, लोकसेवाका सम्पूर्ण कार्य नागरिक एपबाटै गर्न सकिने सरकारले जनाएको छ ।  

 

योसंगै सरकारी सेवा आंशिक रुपमा अनलाइन माध्यममा रुपान्तरण भइसकेको अवस्था छ। नागरिक एपले सरकारी कार्यालयलाई अनलाइन सेवामा जानेगरी यो प्रणाली अघि बढाएको हो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।