नागरिक एपले युगान्तकारी परिवर्तन ल्याउने छ : प्रधानमन्त्री ओली

May 02, 2021 02:20 PM Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपले युगान्तकारी परिवर्तन ल्याउनेमा विश्वस्त रहेको बताएका छन । आईतबार नागरिक एपको औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् ।

‘सम्भव भएका सम्पूर्ण सरकारी सेवाहरुलाई एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यसहित नागरिक एप तयार भएको हो । फरक प्रकृतिका सरकारी सेवालाई एपमै एकीकृत गरी नागरिकलाई सहज किसिमले सेवा उपलब्ध गराउने सुविधा यसमा छ,’ उनले भने ।

उनले अगाडि भने, ‘यसले सरकारी काम कारवाहीलाई छिटो र पारदर्शी बनाउन सहयोग पुग्नेछ । भ्रष्ट्राचारमुक्त नेपालको सरकारी लक्ष्य हासिल गर्न यो एप महत्वपूर्ण कडी हुने विश्वास मैले लिएको छु ।

आम नागरिकबाटै प्राप्त सुझावका आधारमा बेटा संस्करणमा देखिएका कमजोरी सच्याएर नागरिक एपको पूर्ण संस्करण तयार भएको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।