हकप्रद निष्काशनको अनुमति माग्दै छ्याङ्दी हाइड्रोपावर पुग्यो धितोपत्र बोर्ड

May 02, 2021 08:02 PM Merolagani



छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) हकप्रद शेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको छ।

कम्पनीले १० बराबर ३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो। यस अनुसार कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीले बैशाख १५ गते बोर्डमा सो बराबरको हकप्रद शेयर निष्काशनका लागि आवेदन दिएको हो।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।