एनएमबि लघुवित्तको नाफा १७५ प्रतिशतले बढ्यो, यस्ता छन अन्य सूचक

May 03, 2021 09:37 AM Merolagani



एनएमबि लघुवित्त (NMBMF) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १७५ प्रतिशतले नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा १२ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ जुन १७५.३७ प्रतिशतले धेरै हो।

यस अवधिमा लघुवित्तको पूँजी ३३ प्रतिशतले बढेको छ भने प्रतिशेयर आम्दानी पनि १३ रुपैयाँबाट बढेर ३१ रुपैयाँ पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ छ।

लघुवित्तको खुद ब्याज आम्दानी ९२ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी पनि ७५ प्रतिशतले बढेको छ।

 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।