एनएमबि लघुवित्तको नाफा १७५ प्रतिशतले बढ्यो, यस्ता छन अन्य सूचक

May 03, 2021 09:37 AM Merolagani



एनएमबि लघुवित्त (NMBMF) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १७५ प्रतिशतले नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा १२ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ जुन १७५.३७ प्रतिशतले धेरै हो।

यस अवधिमा लघुवित्तको पूँजी ३३ प्रतिशतले बढेको छ भने प्रतिशेयर आम्दानी पनि १३ रुपैयाँबाट बढेर ३१ रुपैयाँ पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ छ।

लघुवित्तको खुद ब्याज आम्दानी ९२ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी पनि ७५ प्रतिशतले बढेको छ।

 




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।