आशा लघुवित्तको नाफामा आकर्षक वृद्धि, प्रतिशेयर आम्दानी ५३ रुपैयाँ पुग्यो

May 04, 2021 09:17 AM Merolagani



आशा लघुवित्त वित्तीय संस्था (ALBSL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा १० करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ जुन २६७ प्रतिशतले धेरै हो।

लघुवित्तको खुद ब्याज आम्दानी ७८ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी ५५ प्रतिशतले बढेको छ जसले गर्दा लघुवित्तको नाफा बढ्न टेवा पुगेको देखिन्छ।

समीक्षा अवधिमा १५ प्रतिशतले पूँजी बढाएको लघुवित्तको प्रतिशेयर आम्दानी पनि १६ रुपैयाँबाट बढेर ५३ रुपैयाँ पुगेको छ। उसको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ रहेको छ।

लघुवित्तको निक्षेप र कर्जा लगानी क्रमशः ६३ प्रतिशत र ६० प्रतिशतले बढेको छ भने खराब कर्जा पनि घटेको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।