पाँचथर पावरकाे नाफा ५५ प्रतिशतले घट्यो

May 04, 2021 11:29 AM Merolagani



पाँचथर पावर कम्पनी (PPCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५५ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षकाे सोहि अवधिमा २ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ। जुन ५५.५२ प्रतिशतले कम हो।

९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ११ करोड ५ लाख रुपैयाँले घाटामा रहेको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ९ रुपैयाँ २० पैसाबाट घटेर ४ रुपैयाँ ९ पैसामा झरेको छ। उसको प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ५१ पैसा रहेको छ।

कम्पनीले यस अवधिमा विद्युत विक्रीबाट २६ करोड ७१ लाख रुपैयाँ कमाएको छ। गत वर्ष ३० करोड ७१ लाख रुपैयाँ कमाएकोमा यस्तो आम्दानी पनि १३ प्रतिशतले घटेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।