पाँचथर पावरकाे नाफा ५५ प्रतिशतले घट्यो

May 04, 2021 11:29 AM Merolagani



पाँचथर पावर कम्पनी (PPCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५५ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षकाे सोहि अवधिमा २ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ। जुन ५५.५२ प्रतिशतले कम हो।

९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ११ करोड ५ लाख रुपैयाँले घाटामा रहेको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ९ रुपैयाँ २० पैसाबाट घटेर ४ रुपैयाँ ९ पैसामा झरेको छ। उसको प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ५१ पैसा रहेको छ।

कम्पनीले यस अवधिमा विद्युत विक्रीबाट २६ करोड ७१ लाख रुपैयाँ कमाएको छ। गत वर्ष ३० करोड ७१ लाख रुपैयाँ कमाएकोमा यस्तो आम्दानी पनि १३ प्रतिशतले घटेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।