लघुवित्त र हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण, काराेबार रकम भने घट्याे

May 04, 2021 03:51 PM Merolagani



साताको तेस्रो कारोबार दिन माइक्रोफाइनान्स र हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएको छ। यस दिन हाइड्रोपावर र माइक्रोफाइनान्स कम्पनीहरको शेयरको खरिद चाप बढ्दा दुबै उपसमूहका सूचक बढेका छन्।

यस दिन माइक्रोफाइनान्स उपसमूहको् सूचक सबैभन्दा धेरै २.५६ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि १.२ प्रतिशतले बढेको छ। यस्तै व्यापार उपसमूहकको सूचक २.४३ प्रतिशतले बढेको छ।

यस दिन नेप्से सूचक भने १ अंकले मात्रै बढेको छ। मंगलबार नेप्से सूचक १.९४ अंकले बढेर २६५४.६९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि सामान्य बढेको छ।

मंगलबार कारोबार रकम भने केही घटेको छ। सोमबार ७ अर्ब माथिको शेयर कारोबार भएकोमा यस दिन ६ अर्ब रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भएको छ। यस दिन २१३ वटा कम्पनीको १ करोड ३० लाख १५ हजार १८३ कित्ता शेयर ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८११ रुपैयाँमा खरिद बिक्री भएको छ।

  • ९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

मंगलबार कारोबारमा आएका ९ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अधिकाँश लघुवित्त र हाइड्रोपावर कम्पनी रहेका छन्।

यसदिन समाता लघुवित्त र महिला लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बिशाल बजार कम्पनीको ९.९९ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ९.९८ प्रतिशत र राधि विद्युतको ९.९० प्रतिशतले बढेको छ।

यता चन्द्रागिरि हिल्सको शेयरमूल्य सबैभन्दा धेरै १.९८ प्रतिशतले घटेको छ भने एनएलजि इन्स्योरेन्सको १.७३ प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्सको १.३ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्सको १.५१ प्रतिशतले घटेको छ।

मंगलबार एनसिसि बैंकको सबैभन्दा धेरै २३ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण कावेली पावरको २१ करोड ८३ लाख, ग्रामिन विकास लघुवित्तको १६ करोड ८९ लाख र नेपाल इन्फ्रास्टक्चर बैंकको १६ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।