सिईडिबि हाइड्रोपावर ११.२४ गुणा बढी आवेदन, ९४ प्रतिशत आवेदन अनलाईनबाट

May 04, 2021 05:49 PM Merolagani



सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर आईपीओमा ११ गुणा बढी आवेदन परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलमा अनुसार मंगलबार साँझ सम्ममा १७ लाख ३६ हजार ७०० आवेदनबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयर माग भएको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको ११.२४ गुणा बढी हो ।

सिडिएससीका अनुसार हालसम्म परेका कुल आवेदन मध्ये ९४.३१ प्रतिशत अनलाईन मार्फत  छ । कम्पनीको आईपीओ परेको कुल आवेदन मध्ये १६ लाख ३७ हजार ९१२ वटा आवेदन अनलाईन मार्फत परेका छन्  । बाँकी ५.६९ प्रतिशतले मात्रै भौतिक रुपमा बैंक तथा वित्तीय संस्थामा गएर शेयर भरेका छन् ।

दोस्रो लहरको कोरोना भाइसरको संक्रमण बढेपछि अनलाईनबाट ओददन गर्नेको संख्यामा अत्याधिक वृद्धि भएको छ । सरकारले बैशाख १६ गते देखि निषेधाज्ञा गरेपछि सर्वसाधारणहरु सहजै बैंक तथा वित्तय संस्थामा गएर आईपीओ आवेदन गर्न अप्ठेरो भएपछि अनलाईबाट आवेदन दिनको संख्या उच्च देखिएको हो ।

 

कम्पनीले बैशाख १७ गते देखि सर्वसाधारणका लागी जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

त्यस मध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारण वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ता दरले शेयर वितरण हुनेछ । त्यस अनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाउनेछ । बाँकी आवेदकको हात खाली हुने देखिन्छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।