सिन्धुपाल्चाेकमा बन्दाबन्दी भएपछि मध्य भोटेकोशीको आईपीओ स्थगित

May 06, 2021 03:05 PM Merolagani

मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ स्थगित भएको छ।

मध्यभोटेकोशीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीका अनुसार सिन्धुपाल्चोकमा लकडाउन भएपछि हाललाई उक्त आईपीओ स्थगित गरिएको हो। यसको जानकारी धितोपत्र बोर्डलाइ समेत गराएको र बोर्डले पनि स्विकृति दिएपश्चात आइपीओ स्थगित गरिएको उनले बताए।

"सिन्धुपाल्चोकमा लकडाउन भएपछि हाललाई आइपीओ निश्काशन बन्द गर्ने निर्णय गरेका छौ।" सिवाकोटीले मेरो लगानीसँग भने "लकडाउन खुलेपछि आइपीओ बिक्री पुन खुल्ला गरिने छ।"

बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटले पनि आइपीओ हाललाई स्थगित गरिएको जनाएको छ।


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।