सिन्धुपाल्चाेकमा बन्दाबन्दी भएपछि मध्य भोटेकोशीको आईपीओ स्थगित

May 06, 2021 03:05 PM Merolagani



मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ स्थगित भएको छ।

मध्यभोटेकोशीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीका अनुसार सिन्धुपाल्चोकमा लकडाउन भएपछि हाललाई उक्त आईपीओ स्थगित गरिएको हो। यसको जानकारी धितोपत्र बोर्डलाइ समेत गराएको र बोर्डले पनि स्विकृति दिएपश्चात आइपीओ स्थगित गरिएको उनले बताए।

"सिन्धुपाल्चोकमा लकडाउन भएपछि हाललाई आइपीओ निश्काशन बन्द गर्ने निर्णय गरेका छौ।" सिवाकोटीले मेरो लगानीसँग भने "लकडाउन खुलेपछि आइपीओ बिक्री पुन खुल्ला गरिने छ।"

बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटले पनि आइपीओ हाललाई स्थगित गरिएको जनाएको छ।





नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।