साताकाे अन्तिम काराेबार दिन नेप्से सूचक १२ अंकले घट्दा झण्डै ७ अर्बको कारोबार

May 06, 2021 04:07 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से सूचक १२ अंकले घटेको छ भने झण्डै ७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन नेप्से सूचक १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ४३७.०४ विन्दुमा झरेको छ।

यस दिन २१६ वटा कम्पनीको १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता शेयर ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाामा खरिद बिक्री भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूह मध्ये ३ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ।

यस दिन खानीखोला हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने महिला लघुवित्तको ९.९९ प्रतिशत, समता लघुवित्तको ९.९२ प्रतिशत, रुरु जलविद्युतको ९.९१ प्रतिशत र युनियन हाइड्रोपावरको शेयरमूल्य ९.५२ प्रतिशतले बढेको छ।

पछिल्लो समय लगातार सकारात्मक सर्किट लाग्दै आएको बिशाल बजार कम्पनीमा भने बिहीबार नकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य एकैदिन ७४६ अंकले घटेर ६ हजार ७१६ रुपैयाँमा झरेको छ।

यस्तै सिंगटी हाइड्रोपावरको शेयरमूल्य ९.०७ प्रतिशतले घटेको छ भने ड.ादी ग्रुप पावरको ८ प्रतिशतले घटेको छ।

यस दिन जलविद्युत लगानी तथा विकास कम्पनीको सबैभन्दा धेरै ४६ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनसिसि बैंकको ४२ करोड ९४ लाख रुपैयाँ, लक्ष्मी बैंकको २६ करोड ४५ करोड रुपैयाँ अपि पावरको १५ करोड ६७ लााख रुपैयाँ र नेपाल इन्फ्रास्टक्चर बैंकको १५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका कम्पनीहरु मध्ये १३० वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ४५ वटाको शेयरमूल्य बढेको छ। ९ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।