एसियन लाईफका भुक्तानीहरु अब पूर्ण स्वचालित हुने

May 06, 2021 04:10 PM Merolagani



एसियन लाईफ इन्स्याेरेन्सले (ALICL)आफ्ना सम्पूर्ण भुक्तानीहरु एन.आइ.सि. एसशया बैंकमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेसमा आबद्ध भएको छ । सोहि अनुसार एसियन लाईफले बिहीबारबाट कारोबार सुचारु गरेको छ ।

यसरी एनपीआईमा रहेका कनेक्ट आईपीएस तथा एनसीएचएल आईपीएस प्रणालीहरु मार्फत स्वचालित रुपमा एसियन लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ । एसियन लाईफले बीमा प्रिमियम संकलनका लागि पहिले देखि नै विभिन्न डिजिटल माध्यमको प्रयोग गर्दै आएको थियो भने यस व्यवस्था पछी कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ । साथै लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नुपर्ने वा चेक लिनुपर्ने व्यवस्थाको पनि अन्त्य भई भुक्तानी सोझै आफ्नो बैंक वित्तिय संस्थाको खातामा प्राप्त गर्न सक्नेछन् ।

एसियन लाईफसँगै २८ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइन मार्फत कनेक्ट आईपीएस पेमेन्टबाट भइरहेको छ भने ६ वटा बीमा कम्पनी भने  एनपीआई प्रणालीमा आबद्ध भैसकेका छन् । एनपीआई नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ जसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ५६ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

१४ वर्ष भन्दा बढीको सञ्चालन अवधिमा एसियन लाईफले आफ्ना १४६ शाखाहरु तथा ९३ हजार भन्दा बढी एजेन्टहरु मार्फत ५ लाख ६८ हजार भन्दा बढी बीमा कर्ताहरुलाई बीमा सम्बन्धी विभिन्न सेवा संचालन गर्दै आएको छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।