अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आवेदन दिने समय थप

May 06, 2021 04:17 PM Merolagani



अरुण भ्याली हाइड्रोपावर (AHPC) को हकप्रदमा आवेदन दिने समय थप भएको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले हकप्रदमा आवेदन दिने समय थप गर्ने निणर्य गरेको हो ।

कम्पनीले बैशाख ६ गते देखि एक कित्ता बराबर ०.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । कम्म्पनीले एक सय रुपैयाँका दरले ५२ करोड ४१ लाख १९ हजार रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीले हकप्रदमा आवेदन दिने समय एक साता थप गर्दे जेठ २ गते सम्म पुर्याएको हो । यस अघि बैशाख २६ गतेसम्म कम्पनीको हकप्रदमा आवेदन दिनु पर्ने थियो ।

कम्पनीले कोरोना भाइरसको कारण विषम परिस्थिति सिर्जना भएको भन्दै हकप्रदमा आवेदन दिने समय एक साता थप गरेको जनाएको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।