माेवाइलमा व्याट्री न टिकेर हैरान हुनुहुन्छ ? उपायका तरीका यस्ता छन्

May 09, 2021 03:24 PM merolagani

प्राय मानिसहरु स्मार्टफोनमा ब्याट्री न टिकेर हैरान हुन्छन् । कतिपयले त ब्याट्री लामो समयसम्म टिकेन भनेर नयाँ मोबाइल समेत खरिद गर्छन्  ।कतिपय अवस्थामा स्मार्टफोनको ब्याट्रीको डेट नै एक्सपाएर भइसकेका हुन्छन भने मोबाइलका फिचर अन भएकै कारण पनि यस्तो समस्या देखिदै आएको छ । 

हामी तपाईहरुलाई स्मार्टफोनको ब्याट्री लामो समय टिकाउन अपनाउनुपर्ने ट्रिक बताउदै छौं ।

यसरी टकाउने ब्याट्री

व्याकग्राउन्ड डेटा अफ गर्नुस्

हामीले थाह नपाउँदै मोबाइल व्याकग्राउन्डमा थुप्रै एपहरु चलिरहेका हुन्छन् । जसले पनि ब्याट्री चाँडै सकिन्छ । यसका लागि आफ्नो मोवाइल फोनमा गएर व्याकग्राउन्ड डेटा अफ गर्नुपर्छ । यसले गर्दा मोबाइल ब्याट्रीको साथै डेटा पनि बच्छ । काम सकेपछि एप तथा अन्य फिचर अफ नगरी राख्दा पनि ब्याट्री बढी खपत भइरहेको हुन्छन् ।

सेन्सरको प्रयोग

पछिल्लो समय विश्ववजारमा आउने गरेका फोनहरुमा धेरै सेन्सरहरु राखिएका हुन्छन् । हाम्रो हातको इसाराले नै धेरै काम भइरहेको हुन्छ । कतिपय समय हामीले काम नगर्दै पनि आफै भइरहेको हुन्छ । जस्तै अटो ब्राइटनेस । अटो ब्राइटनेस मोडमा राख्दा घाममा जाँदा आफै लाइट अन हुने र घाम नभएका ठाउँमा आफै अफ हुने गर्छ । यस्ता सेन्सरहरुले गर्दा हाम्रो मोबाइलको ब्याट्री धेरै खाइरहेकेा हुन्छ । नचाहिने फिचरहरु आफ्नो फोनको सेटिङमा गएर अफ गर्न सकिन्छ ।

हाम्रो फोनमा आज कल एसीबी, ओके गूगल जस्ता भ्वाइस एसिस्टेट टुल्सहरु हुन्छन, जसले गर्दा यस्ता सेन्सरहरु सधै अननै भइरहेका हुन्छन् । यस्ता फिचरले पनि हाम्रो मोबाइलको ब्याट्री खपत भइरहेका हुन्छन् । जसलाई अफ गरेर ब्याट्री धेरै समय टिकाउन सकिन्छ ।

मोबाइलमा भएका फिचरको प्रयोग


काम विहिन अवस्थामा वाईफाई, व्लुतुथ, लोकसनलाई अफ गर्नुस् प्राय मानिसहरुको मोबाइलमा वाईफाई, व्लुतुथ, एनएफसी, जिपिएस लोकेसनहरु अन नै भइरहेको हुन्छन । वाईफाई तथा व्लुतुथ अन गर्न नपर्ने ठाउँमा यी फिचर अफ गरेर राख्नु उपयुक्त हुन्छ । काम नभएको बेलामा यस्ता फिचर अन भएकै कारण पनि मोबाइल फोनको ब्याट्री बढीनै खपत भइरहेको हुन्छ । र,ब्याट्री चाँडै सकिने समस्या आउँछ ।

अटो अपडेट अफ

यसैगरी प्ले स्टोरबाट डाउनलोड भएका एपहरु बारम्बार अपडेट भइरहेका हुन्छन् । जसले पनि मोबाइल ब्याट्रीको चार्ज छिटै सकिने गर्छ । यसका लागि प्लेस्टोर र एप स्टोरको सेटिङमा गएर अटो अपडेट अप गर्न सकिन्छ । र, चाहेको बेलामा अन गरेर अपडेट गर्न पनि सकिन्छ ।

२० प्रतिशत पुग्नु अगाडि नै चार्ज गर्नुहाेस्

यदि तपाईले फोनको ब्याट्री सकिएपछि मात्र चार्जमा हाल्नु हुन्छ भने त्यो आजैदेखि छोडिदिनुहोस् । किनकी यसले तपाईको फोनको ब्याट्रीको लाईफ घटाउने गर्छ । ब्याट्री २० प्रतिशत पुग्नु अगाडि नै चार्जमा राख्नुहोला । पछिल्लो समय मोबाइल फोनमा जडित ब्याट्री लिथिएम आयल र लिथिएम कोलिमरले बनेको हुन्छन् ।

यस्ता ब्याट्रीमा थोरै दवाव पर्ने बित्तिकै आयु घट्ने सम्भावना हुन्छ । फोन र्चाजमा राख्न नक्कली चार्जरको प्रयोगमा प्रतिवन्ध लगाउनु नै वेस हुन्छ । धेरैजसो मोबाइल फोनको ब्याट्री किनेको दुई तीन बर्षमा छिटो सकिने गर्छ, जुन समान्यनै मानिन्छ । यी टिप्स अपनाउनु भयो भने पक्कै पनि तपाईको मोबाइल फोनका ब्याट्री लामो समय टिक्न सक्छ ।

कालो वा मधुरो वालपेपर राख्नुस

मोबाइलको ब्याट्री बढी खपत हुनु मख्य कारण वालपेपर पनि हो । मोबाइलमा लाइट कलरको वालपेवर छ भने ब्याट्री धेरै नै खपत भइरहेको हुन्छ र ब्याट्री छिटो सकिन्छ । यसका लागि हाम्रो मोबाइल फोनमा कालो अथवा मधुरो रङ्को वलपेपर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।