उपत्यकाका तीनै सिडिओको बैठक बस्दै,निषेधाज्ञा थपिए पनि किराना पसल खोल्न दिने

Jun 01, 2021 12:33 PM merolagani



मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

आज बस्ने सिडिओहरुको बैठकले केहि खुकुलो बनाउदै काठमाडौं उपत्यकामा थप एक साता निषेघाज्ञा थप्ने तयारी गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले किरानापसल खोल्न दिनेगरी निषेधाज्ञा लब्याउने तयारी भएको जानकारी दिए ।

साझ चार बजे बस्ने उक्त बैठकमा निषेधाज्ञाको समीक्षा गर्दै निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो र व्यवस्थित गर्नेबारे छलफल हुने उनको भनाई छ ।

यो सँगै सिडिओहरुले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गर्ने बताइएको छ । अब भने खाद्य सामग्री बिक्रीमा केही खुकुलो र व्यवस्थित बनाउनेबारे तयारी छ ।

पछिल्लो समय स्वास्थ्य मन्त्रालयले पनि कोरोनासंक्रमणदर घट्दै गएको जनाएको छ तर कतिपयले परिक्षणको दायरा कम भएको कारण संक्रमित कम देखिएको जनाउदै आएका छन् ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।