खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न पाइने निर्णय भोलिमात्र हुने

Jun 01, 2021 06:16 PM merolagani



काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बिने भएको छ ।

मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिने लम्ब्याउनेबारे छलफल भएको छ ।

साथै केही क्षेत्रहरुलाई सहज बनाउन आंशिक रुपमा खुला गर्ने तयारी थालिएको छ । 

खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे छलफल भएको छ ।आजको बैठकमा छलफल मात्रै भएको र बुधबार बिहान निर्णय गरिने प्रशासनको भनाई छ ।