बिदेशबाट 'गिफ्ट' आएका माेवाइल साउन १ गते पछि चलाउने भए दर्ता गर्नै पर्ने

Jun 06, 2021 02:24 PM merolagani



आगामी आर्थिक बर्ष २०७८/०७९को बजेटमा समावेश गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस)को यतिवेला चौतार्फी चर्चा चलिरहेको छ ।

विदेशबाट भित्रिएका अवैध र दर्ता नभएका मोबाइल बन्द हुने बिषयले पनि चर्चा पाएको छ । सरकारले बजेट मार्फत नै साउनदेखि एमडीएमएस लागू गर्ने र नेपालको मोबाइल सेवालाई व्यवस्थित गर्ने भएको छ ।

नेपालमा प्राय विदेशमा भएका र बैदेशिक रोजगारीमा गएका नेपालीले आफन्तलाई उपहारको रुपमा स्मार्टफोन नै पठाइदिने गरेको पाइन्छ जुन भन्सार र प्राधिकरणमा दर्ता भएका हुँदैनन् ।

विदेशबाट पठाइदिएका र आएका मोबाइल फोनपनि नचल्ने हल्लाले प्रयोगकर्ता दोधारमा रहि आतिएको अवस्था छ ।

विदेशबाट पाठाइदिएका मोबाइल पनि चल्दैनन् ?

विदेशमा रहेका नेपालीले आफन्तलाई मोबाइल पठाउने अथवा आफै आउने ल्याइदिने गरेका छन् । नेपालको तुलनामा विदेशमा मोबाइल तथा ल्यापटप सस्तो पाइने भएपनि आफ्ना परिवारलाई विदेशबाटै उपहार आउने गरेको छ ।

यस्ता मोबाइल चल्न पाउँछन अथवा पाउँदैनन भन्ने बिषयमा सबैभन्दा चासो रहदै आएको छ ।

खासगरी नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागू हुनु भन्दा अगाडि विदेशबाट उपहार तथा पठाइदिएका मोबाइललाई दर्ता प्रक्रियामा ल्याउने छ । तर, पहिले नै नेपाल आइसकेका फोनहरुलाई बन्द नगराउने बताएको छ ।

दुरसञ्चार प्राधिकरणका सह प्रवक्ता अच्युतान्द मिश्रले एमडीएमएस लागूहुनु भन्दा अगाडि नेपालमा विदेशी दाजुभाइले पठाएका मोबाइल बन्द नहुने तर, दर्ता चाहि हुँनेपर्ने बताएका छन्।

‘अहिलेसम्म चलेका मोबाइललाई प्राधिकरणले रोक्दैनन’ उनले भने ‘एमडीएमएस लागू हुन भन्दा अगाडि जुनसुकै च्यानलबाट नेपालमा भित्रिएका मोबाइललाई बन्द गर्ने योजना छैन तर, दर्ता प्रक्रियाको लागी समयावधि तोकिने छ’ ।

उनका अनुसार भन्सार विभागको गाइडलाइन अनुसार नै दर्ता प्रक्रियामा लग्न प्राधिकरणले सहयोग गर्छ ।
विदेशबाट आएका मोबाइललाई प्राधिकरणले निश्चित समय दिएर ह्वाइट लिस्टमा ल्याउने तर, बन्दै नगर्ने मिश्रको भनाई छ ।

तर, एमडीएमएस लागू भएपछि सिमानाकाबाट अवैध रुपमा भित्रने मोबाइल भने पुर्णरुपमा रोकिने छ ।
यो सिस्टम लागू भएपनि सेवाग्राही आतिहाल्नुपर्ने अवस्था नरहेको र अझ सेवाग्राही मैत्री एमडीएम सिस्टम हुने प्राधिकरणले जनाएको छ ।

विशेषगरी एमडीएमएसले अवैध मोबाइललाई नियन्त्रण गर्ने,हराएको मोबाइलको पहिचान गर्ने र आइएमईआई मोबाइल दर्ता प्रक्रियालाई अगाडी बढाउने काम गर्छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।