अभिकर्तालाई कर्जा भुक्तानीमा समय थप गर्ने बीमा समितिको निर्णय

Jun 07, 2021 03:49 PM Merolagani



बीमा समितिले अभिकर्तालाई कर्जा भुक्तानीमा समय थप गर्ने भएको छ । समितिले सबै जीवन बीमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दे कर्जा भुक्तानी गर्ने समय थप गर्ने सम्बन्धमा योजना पेश गर्न निर्देशन दिएको हो ।

समितिले गत बैशाख २ गते असार मसान्तभित्र सबै कर्जा भुक्तानी गर्न निर्देशन दिएको थियो । तर कम्पनीहरुसंगको औपचारीक र अनौपचारीक छलफलमा असार मसान्तभित्र सबै कर्जाहरु फछर्यौट गर्न अप्ठेरो हुने निकर्ष निकालेको छ ।

त्यस अनुसार समितिले कम्पनीबाट प्रवाह भएको नगद कर्जाहरु मध्ये कुन कर्जा कति समयमा फछर्यौट हुने हो, त्यस अवधी भित्र फछर्यौट गर्ने व्यवस्था मिलाएर जानकारी गराउने समितिले निर्देशन दिएको छ ।

यससंगै अभिकर्ताहरुले असार मसान्त भित्रै कर्जा भुक्तानी गर्नुपर्ने बाध्यत्मक अवस्था नहुने भएको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।