शेयर कर्नरिङ्ग र सर्कुलर ट्रेडिङ्गकाे गुनासाे आएपछि धितोपत्र बोर्डले अध्ययन थाल्यो

Jun 08, 2021 05:54 PM Merolagani



नेपाल धितोपत्र बोर्डले शेयर कर्नरिङ र सर्कुलर ट्रेडिङ्गका सम्बन्धमा अध्ययन शुरु गरेको जनाएको छ । बोर्डले पछिल्लो समय दोस्रो बजारमा कारोबार बृद्धिसंगै शेयर कर्नरिङ र सर्कुलर ट्रेडिङ्ग भएको गुनासो पाएपछि अध्ययन थालेको हो ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ ले बर्जित गरेका कृयाकलापमा संलग्न नहुन पनि सबैलाई आग्रह गरेकाे छ । बाेर्डले सम्पुर्ण लगानीकर्ताहरुलाई देशको विद्यमान आर्थिक परिदृष्य, सूचीकृत संगठित संस्थाहरुको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण,परिसूचक तथा कम्पनीको बजार मूल्य सम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेत मुल्यांकन गरी लगानी गर्न अनुराेध गरेकाे छ ।

बढेको बजारमा जोखिमको स्तरपनि बढ्दै जाने भएकोले चनाखो हुन पनि बोर्डले लगानीकर्ताहरुलाई सचेत गराएको छ।

विभिन्न समयमा बजारमा घढबढ देखिएकोले लगानीकर्ताहरुले लगानी गर्दा आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको समेत दृष्टिगत गरी सजग भई सुझ बुझपुर्ण  लगानी सम्बन्धि निणर्य लिन बोर्डले अनुरोध गरेको छ ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।