नेपालमा एकाएक किन लोकप्रिय भयो ‘क्लबहाउस’ ?

Jun 09, 2021 01:38 PM Merolagani



कुनैपनि प्रविधिले बजार लिनको लागी अथवा लोकप्रियता कमाउनको लागि त्यसमा नयाँ चाहिन्छ । यतिवेला नयाँ तथा पुराना प्रविधिले भएपनि बिश्वबजार सूचना तथा सञ्चार मैत्री भएको छ ।

प्रविधि मैत्री मात्रै होइन नयाँ फिचर र पछिल्लो जेनेरेसनको ध्यानसमेत खिच्न सक्नुपर्छ । विश्वमा अहिले अनगिन्ती प्रयोजनका लागी एपहरु सञ्चालनमा छन् । तर, कुनै एप एकाएक हिट भइदिन्छ भने केहि फल्प ।

यीनै नयाँ प्रविधिको भिडमा यतिबेला ‘क्लबहाउस’ नामक एपले बजार तताएको छ । खासगरी सामाजिक सञ्जालमा क्लबहाउसको चर्चा ब्यापकै छ भन्दापनि फरक पर्दैन ।

नेपालमापनि पछिल्लो समय क्लबहाउसको चर्चा र लोकप्रियता बढ्दो छ । झन कोरोना भाइरसको दोस्रो लहरका कारण नेपालमा निषेधाज्ञा जारी भएपनि युवाहरु यसैमा झुमिन थालेका छन् ।

के हो क्लब हाउस ?

खासगरी सन् २०२०मा पाउल डेभिसन र रोहन सेथले स्टार्टअपको रूपमा डिसकसन प्लेटफर्मका लागी क्लबहाउस सुरु भएको थियो । क्लबहाउस एक भ्वाइस अथवा पडकाष्टकन माध्यमबाट अन्तक्रिया गर्ने थलोको रुपमा चिनिन्छ ।

खासगरी देशमा भइरहेको गतिविधि र ताजा घटनामा आधारित भएर यो एपमा भ्वाइसको माध्यमबाट भइरहेका छलफल सुन्न,सहभागी हुन र अन्तरक्रिया गर्न समेत पाइन्छ । हाल यो एपमा विभिन्न ख्याति प्राप्त व्यक्तिहरु, सेलिब्रेटिसमेतको क्रेज बढेको छ ।

यो एपमा म्यासेन्जर, भाइबर, ह्वाट्एप जस्तो अनेकौं सुविधा छैन तर, ग्रुपमा भ्वाइसको माध्यमबाट व्यापक अन्तरक्रिया गर्न सकिन्छ । अडियो डिस्कसन प्लेटफर्मको रुपमा उदाएको यो एपमा कुनै एक बिषयमा एउटा कोठा भित्र छलफल गरेजस्तै हो ।

आफुलाई मनपरेको बिषयमा छलफल भइरहेको छ भने त्यहाँ जोसुकै जोडिएर आफुलाई लागेको भनाई तथा तर्क बितर्क गर्न पाइन्छ ।

खासगरी यो एपमा आफुलाई लागेको बिषय राख्न हात उठाएको संकेत थिच्नुपर्छ । यदि बोल्नु छैन भने सुनेर समेत बस्न सकिन्छ ।

सबै विधा र बिषयमा छलफल गर्न सकिने यो प्लेटफर्ममा आफ्नो नेतृत्वमापनि एक रुम बनाएर डिस्कसन गर्न सकिन्छ । जसलाई भ्वाइस रुम पनि भन्न सकिन्छ ।

क्लबहाउसमा एउटै रुममा पाँचहजारसम्म व्यक्ति सहभागी हुन सक्ने फिचर दिइएको छ ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।