सुनको भाउ सामान्य बढ्यो चाँदीको भने गिरावट

Jun 09, 2021 01:26 PM Merolagani



बुधबार सुनको भाउ सामान्य बढेको छ भने चाँदी दुबैको भाउ घटेको छ। आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदीको तोलामा ५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ३०० र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।