सुनको भाउ सामान्य बढ्यो चाँदीको भने गिरावट

Jun 09, 2021 01:26 PM Merolagani



बुधबार सुनको भाउ सामान्य बढेको छ भने चाँदी दुबैको भाउ घटेको छ। आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदीको तोलामा ५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ३०० र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।