पुनर्बीमा ब्रोकर सम्बन्धी निर्देशिका जारी, पुनर्बीमा ब्रोकरले के के गर्छ ?

Jun 09, 2021 05:59 PM Merolagani



बीमा समितिले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले पुनर्बीमा दलालको पूँजी निर्धारण गरी दर्ता तथा नियमनको व्यवस्था मिलाई पुनर्बीमा बजारको विकास गर्न आवश्यक रहेकोले बीमा ऐन २०४९ अनुसार निर्देशिका जारी गरेको हो ।

निर्देशिका अनुसार पुनर्बीमा दलालको अधिकृत पूँजी न्युनतम १० अर्ब रुपैयाँ हुनुपर्नेछ । पूँजी मध्येबाट अधिकृत पूँजीको २५ प्रतिशत रकम बीमा समितिबाट एअर मार्क गराई वाणिज्य बैंकको मुद्धती खातामा राख्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै अधिकृत पूँजी तथा चुक्ता पूँजी सम्बन्धी अन्य व्यवस्था समितिले समय समयमा तोकिए बमोजिम हुने उल्लेख छ ।

पुनर्बीमा ब्रोकरले के के काम गर्न पाउछ ?

निर्देशिक अनुसार पुनर्बीमा ब्रोकरले बीमकले जारी गरेको बीमालेख अन्तर्गत उत्पन्न हुने दायित्व सम्बन्धमा बीमक (पुनर्बीमित) को तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसंग मध्यस्थता गर्ने, पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, बीमा÷ पुनर्बीमा बजारको तथ्यांक विश्लेषण गरी पुनर्बीमित र पुनर्बीमकलाई उपलब्ध गराउनु पर्नेछ ।

यस्तै पुनर्बीमा दाबी भुक्तानीमा सहजीकरण गर्ने, पुनर्बीमा सम्झौता तयार गर्न सहयोग गर्ने, पुनर्बीमा सम्झौता अनुरुपको लिने÷दिने रकमको हिसाब फरफारक गर्न सहयोग गर्ने लगायतको काम गर्नेछ ।

पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका २०७८ काे पुर्ण पाठ यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

 





असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।