नेप्सेमा करेक्सन जारी, १३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Jun 10, 2021 03:41 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १.८ अंक घटेर २९४४.७८ विन्दुमा पुगेको छ। नेप्सेले यस दिन अघिल्लो कारोबार दिन भएको करेक्सनलाई नै निरन्तरता दिएको हो।

अघिल्लो कारोबार दिन अर्थात बुधबार नेप्सेमा साढे १३ अंकको करेक्सन भएको थियो। सो दिन नेप्सेले ३००० विन्दु पार गरेपछि बजारमा बिक्री चाप बढेपछि करेक्सन भएको थियो।

नेप्से परिसूचक ओरालो लागेपनि यस दिन सेन्सेटिभ इण्डेक्स भने साढे २ अंक बढेको छ। यस दिन फ्लोट इण्डेक्स ०.३७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४ अंक बढेको छ।

यस दिन नेप्से ओरालो लागेपनि कारोबार रकम भने १६ अर्बभन्दा बढी रहेको छ। बिहीबार २२० कम्पनीको १ लाख ५५ हजार ६९० पटकको कारोबारमा १६ अर्ब १० करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको ३ करोड ६ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन्। यस दिन १२ जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पाँचथर पावर कम्पनी, लिबर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी लगायतका कम्पनीहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

जलविद्युत कम्पनीहरुको शेयरमूल्य बढेसँगै यस दिन जलविद्युत उपसमूहको परिसूचक पनि सर्वाधिक बढेको छ। यस दिन उकालो लागेका ६ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक यस दिन २.६३ प्रतिशत र वित्त उपसमूहको २.५७ प्रतिशत बढेको छ। यस दिन जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा घटेको छ।

कारोबार रकमका आधारमा भने यस दिन एचआईडिसीएल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण सर्वाधिक कारोबार भएको हो।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।