थप ३७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५९को मृत्यु

Jun 10, 2021 05:53 PM merolagani



पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५ हजार २३८ जनाको पिसिआर र एन्टिजेन परिक्षणबाट सो संख्यामा कोरोना संक्रमित भेटिएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण बिहिबार ५९ जनाको मृत्यु भएको छ । योसँगै पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ ।

त्यस्तै कोरोना मुक्त हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ । यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।