नेप्से र कारोबार रकम दुबैमा पुनः नयाँ रेकर्ड, ३ दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Jun 13, 2021 03:37 PM Merolagani



साताको पहिलो कारोबार दिन नेपाली धितोपत्र बजारमा नेप्से सूचक र कारोबार रकम दुबैले पुनः नयाँ रेकर्ड बनाएको छ।

आइतबार नेप्से परिसूचक ३८.३२ अंक बढेर २९८३.११ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बन्द विन्दु हो। यस अघि नेप्सेले गत साताको मंगलबार नयाँ अलटाइम हाइ बनाएको थियो। सो दिन नेप्से २९६०.१४ विन्दुमा बन्द भएको थियो। सोही रेकर्डलाई तोड्दै नेप्सेले यस दिन नयाँ रेकर्ड बनाएको हो

त्यसैगरी, यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। यस दिन बजारमा २२० कम्पनीको १ लाख ८२ हजार ४३० पटकको कारोबारमा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँ बराबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर खरिदबिक्री भएको छ। यसभन्दा अघि बजारमा १७ अर्बबराबरको शेयर खरिदबिक्री भएको थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स ११.५४ अंक बढेर ५३९.४१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स २.९२ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१४ अंक बढेको छ।

३ दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

यस दिन नेप्से र कारोबार रकमले नयाँ रेकर्ड कायम गरेसँगै ३ दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये विकास बैंक, फाइनान्स कम्पनी, जलविद्युत कम्पनी र होटलहरु रहेका छन्। यस दिन श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य यस दिन १० प्रतिशत बढेको छ।

नेप्सेमा रहेका १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ८.२४ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक ७.१४ प्रतिशत, जलविद्युतको ६.१ प्रतिशत र होटल तथा पर्यटनको ४.७३ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६६ करोड ९० लाख ९५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन लुम्बिनी विकास बैंक र नेशनल हाइड्रोपावर कम्पनीको ५० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।