विद्युतीय भुक्तानीः इन्टरनेट र क्युआरकोडबाट घट्यो, मोबाइल बैंकिङ मार्फत बढ्यो

Jun 15, 2021 03:34 PM merolagani



नेपालमा इन्टरनेट बैंकिङ तथा क्युआकोड मार्फत हुने कारोबार सङ्ख्या र रकम घटेको छ ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा वैशाख मसान्तसम्ममा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या २ लाख ६८ हजार १४४ रहेको पाइएको छ ।

 

तथ्याङक अनुुसार अघिल्लो महिनामा इन्टरनेट बैंकिङमार्फत् १० अर्ब २१ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो । तर, वैशाखको मसान्तमा आएर यो रकम १० अर्ब ८ करोड रुपैयाँमा झरेको छ ।

एक महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकममा १३ करोड ५० लाख रुपैयाँले कमी आएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यस्तै नेपालमा २०७८ साल वैशाख मसान्तसम्म क्यूआर कोडमार्फत २ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

अघिल्लो महिनामा क्यूआर कोडमार्फत् २ अर्ब ७२ करोड २० लाख रुपैयाँको कारोबार भएकामा चैत मसान्तसम्ममा आउँदा यो रकम घटेर २ अर्ब ५२ करोड ९० लाख रुपैयाँमा झरेको छ।

मोबाइल बैंकिङमा रेकर्ड

मोबाइल बैंकिङ कारोबारले अहिलेसम्मकै उच्च आँकडा छुन सफल भएको छ । राष्ट्र बैंकका अनुसार वैशाखसम्म मोबाइल बैंकिङमार्फत ४८ अर्ब ८८ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो ।

चैतमा भने मोबाइल बैंकिङमार्फत ४८ अर्ब ६५ करोड २० लाख रुपैयाँको कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

तर वालेट, इन्टरनेट बैंकिङ, भुक्तानी, कनेक्ट आईपीएस, एटीएम आदि लगायतका डिजिटल भुक्तानीका माध्यमको कारोबार चैतको तुलनामा वैशाखमा ओह्रालो लागेको राष्ट्र बैंकले जनाएको छ ।

 




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।