नेपाल हाइड्रो डेभलपरको खुद नाफा ६५ प्रतिशतले घट्यो

Jun 15, 2021 01:51 PM Merolagani



नेपाल हाइड्रो डेभलपर (NHDL) को कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६५.०४ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी र सञ्चालन मुनाफाबाट घटेपछि नाफा प्रभावित भएको हो ।

कम्पनीको विद्युत बिक्री आम्दानी पनि ३० प्रतिशतले घटेर ६ करोड ३७ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यहि अवधीमा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै कम्पनीको सञ्चालन मुनाफा पनि २ करोड ७३ लाख रुपैयाँले घटेर ४ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधीमा कम्पनीले ७ करोड ६४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी २९ करोड ९० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ करोड ९५ लाख सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २ पैसा, प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ५३ पैसा र मूल्य आम्दानी अनुपात ६४.७२ गुणा रहेको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।