अब खल्तीलाई आफ्नो व्यवसायमा निःशुल्क इन्टीग्रेट गर्न सकिने

Jun 15, 2021 05:17 PM merolagani



असार महिना भित्र खल्तीसँग सम्झौतागर्ने व्यवसायीहरुलाई (स्मार्ट उद्यमी)निःशुल्क एपिआई उपलब्ध गराउने भएको छ ।

महामारीको बिचमा साना, मझौला तथा ठुला बजारमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने र देशको खस्कदो अर्थतन्त्रको सुधारमा थप योगदान पुर्याउने उद्देश्यका साथ उक्त सेवा संचालनमा ल्याइएको हो ।

यस सेवाअन्तर्गत, खल्तीले आफ्नो ग्राहकहरुको लागि मल्टिपल पेमेन्ट अप्सनपनि उपलब्ध गराएको छ । व्यवसायीहरुले खल्तीको एपिआई आफ्नो सिस्टममा इन्टिग्रेट गर्दा उक्त एक महिना सम्मकुनै शुल्कनलाग्ने भएको छ ।

यो सेवा यहीँ असार महिना भित्रखल्तीसंँग सम्झौतागर्ने मर्चान्टहरुको हकमालागु हुनेछ । आफ्नो मरचान्ट ड्यासवोर्डमा जम्मा भएको रकमव्यक्तिले जुनसुकै बेला तुरुन्तै बैंक अकाउन्टमा ट्रान्सफर वा डिपोजिट गर्न सक्नेछन् ।

अबखल्ती एसडीके÷एपिआई बाट मर्चान्टहरुले सजिलै ईबैंककिङ्ग, मोबाइल बैंककिङ्ग, कनेक्ट आइपीस, एससिटी कार्ड र खल्तीको ग्राहकहरुबाट झन्झटरहितभुक्तानीप्राप्तगर्न सक्ने भएका छन् ।

महामारीको चपेटामा परि आर्थिक रुपमाकमजोर हुनपुगेको उद्यमीहरुलाई निशुल्क मर्चान्ट इन्टीग्रेसन प्रदानगरि वहाँहरुको आर्थिक स्थिति सबल बनाउने अवधारणाको साथ यो कार्यक्रम कार्यान्वयनमा ल्याएका खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले बताए ।

खल्तीलाई इन्टीग्रेट गर्दा सरल र सुरक्षितहुने हुँदाखल्ती धेरै व्यापारीहरुको रोजाइमा पर्ने कुरामाहामीविश्वस्त रहेको उनको भनाइ छ ।

खल्ती पेमेन्ट गेटवेको प्रयोगबाट व्यवसायीले प्रत्येक बैंकहरुसँग इन्टिग्रेट गर्ने झन्झटबाट मुक्तहुनेछन् । खल्तीको मर्चान्ट अकाउन्ट रजिस्टर गर्नको लागिकम्पनि रजिस्टर भएको हुन पर्छ ।

खल्तीको होम स्क्रीनमा रहेको मोर अप्सनमागई मर्चान्ट साइनअप छनोट गरि आफ्नो सम्पूर्ण विवरण भरि रजिस्टर गर्न सकिन्छ ।

त्यस पश्चात लग ईन गरि आफ्नो आफ्नो सम्पूर्ण विवरण हरु हेर्न सकिन्छ ।

१७लाखभन्दा बढी प्रयोगकर्ता भएको खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्यप्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार झन्झटरहित र सरल बनाउनु रहेको छ ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।