Thu, Jul 30, 2026
आन्तरिक राजस्व विभागले असार २५ गतेभित्र कर विवरण बुझाउन सूचना जारी गरेको छ ।विभागले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञा अवधिपछिको कर असार २५ गतेभित्र बुझाउन निर्देशन दिएकाे हाे ।
सूचना अनुसार २०७७ चैत्र र २०७८ बैशाख महिनाकाे मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षासेवा शुल्क, टेलिफोन सेवा शुल्क र दूरसञ्चार सेवा शुल्क असार २५ गतेभित्र बुझाउन भनिएकाे छ ।
सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।