सिर्जना फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

Jun 17, 2021 12:03 PM Merolagani



सिर्जना फाइनान्स (SFFIL) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । फाइनान्सको ११ लाख ५१ ह्जार ९५०.१७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई १३.५९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद गरी कुल १४.२७ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

उक्त बोनस शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

शेयरधनीको डिम्याट खातामा आएपछि फाइनान्सको बोनस शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।